नेपाली सेनामा कार्यरत २ जनामा कोरोना पुष्टि


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ छ । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com