फेरि ५३ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ३ सय ५७


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ पछिल्लो समयमा नेपालमा पनि तिव्र गतिमा फैलिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले आज मात्रै ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको  नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ३सय ५७ पुगेको छ ।

प्रवक्ताका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  सोमबार बिहान पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com