गुल्मीका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि मणिग्रामको क्रिमसन अस्पताल सिल


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

गुल्मीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ बर्षिय ति पुरुषको आइसियुमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।

उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताललाई सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाव परिक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

यो संगै प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । बाँकेमा ८१ , कपिलबस्तुमा ४२ , रुपन्देहीमा २९ , बर्दियामा २ , दाडमा ३ , गुल्मीमा १ र नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । ३६ जना निको भएर घर फकिएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com