नेपालमा कोरोना ४ सय २ जनामा पुष्टि,संक्रमितमध्ये निको भएर ३७ जना घर फर्के


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । पछिल्ला २७ संक्रमितमध्ये २४ जना पुरुष र तीनजना महिला रहेको जानकारी दिए ।

पछिल्ला संक्रमितमा झापाका ९, कपिलबस्तुका ४, काठमाडौंका ३, सर्लाहीका २, भक्तपुर, मोरङ, सुनसरी, मकवानपुर, ललितपुरको, रामेछापमा, सिन्धुली, लमजुङ र नवलपरासीका एक-एक जना संक्रमित भेटिएका छन् ।  योसँगै नेपालमा संक्रमितको संख्या चार सय दुई पुगेको देवकोटाले जानकारी दिए ।  संक्रमितमध्ये ३७ जना निको भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com