कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरीका ६ इकाइ सिल


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएकाे हाे । उनीहरूमा काेराेना पाेजेटिभ देखिपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको छ । प्रहरी स्राेतका अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटी मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । संक्रमणको कुनै संकेत नदेखिएको भएपनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको थियो ।

कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।

अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com