नेपालमा फेरि थपिए १३ कोरोना संक्रमित, संक्रमितको संख्या ४ सय २०


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

कपिलवस्तु र रुपन्देहीका गरी बुधबार थप १३ जनामा कोरोना संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १२ कपिलवस्तु र १ रुपन्देहीका छन् । ती सबै भारतबाट आएर क्वारिन्टिनमा बसेकाहरु हुन् ।

यद्यपि यसबारे स्वास्थ्य मन्त्रालयको औपचारिक धारणा बाहिर आउन बाँकी छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com