नेपालमा संक्रमितको संख्या ४ सय २७,उपचारपछि ४५ जना घर फर्किए


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।

आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com