कोरोना सङ्क्रमित गुल्मीका शिक्षकको निधन, नेपालमा मृतकको सङ्ख्या तीन


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो ।

उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति मार्फत उहाँको आज विहान निधन भएको पुष्टि गरेको छ ।

उहाँको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । जेठ १ गते अस्पतालमा भर्ना भएका ती व्यक्तिको २ गते स्वाब परीक्षणमा कोरोना सङ्क्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com