८ वर्षीय बालिकासहित ३० जनामा संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४ सय ८७


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् ।

त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । यता कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com