रुकुममा भएको जातीय हिंसाबारे छानविन गर्न ५ सदस्यीय समिति गठन


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

गृहमन्त्री रामबहादुर थापाले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनिधि र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

राष्ट्रियसभामा गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौजाहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौजाहारी पुगेका थिए । भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए ।

केटा पक्षको सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका ५ जनालाई अस्थायी प्रहरी पोष्ट राउत गाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौजाहारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

गत जेठ १० गते राति १० बजे नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको सोही दिन साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको, जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको थियो । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ ।

जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले बताए । नवराज विकसँगै गएका नवराज बुढाथोकीले बीच बाटोबाटै फर्किएको भनेर प्रहरीलाई जानकारी गराएको, घाइते सुदीप खड्काको उपचार पछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

केटापक्षका १२ जनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई समान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाइएको छ ।

केटी पक्ष युवतीका बुवा वर्ष ४० का वीरबहादुर मल्ल र युवतीकी आमा प्रकाशी मल्ल, युवती सुष्मा मल्ल, डम्बरबहादुर मल्ल वडाध्यक्ष, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, रमेश मल्ल सहित १२ जनालाई अनुसन्धानका गर्न सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न र शान्ति सुरक्षालाई कायम राख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले समन्वय गरेर काम गरिरहेको मन्त्री थापाको जानकारी गराए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com