आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार
प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार
अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।