गुल्मीका एक युवकले जिते कोरोना


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

गुल्मीका एक युवकले कोरोना भाइरसलाई जितेर आज घर फर्किएका छन् ।आइसोलेशनमा रहेका मदाने गाउँपालिका ६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका डा. उत्तम पाच्यले जानकारी दिए ।

पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएपछि कन्टयाक्ट टे«सिङका आधारमा डाँगीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उनलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट हस्तान्तरण गर्दै आइसोलेशन कक्षबाट बिदाइ गरेका थिए ।

डाँगीले ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा राखेका छन् । उनलाई पहिलो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डा. पाच्यले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com