पर्वतमा पहिरो: चारको मृत्यु, ५ जना बेपत्ता


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले परिँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना अझै बेपत्ता छन् ।

शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अर्का एकको पनि शव फेला परेको छ भने सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक बेपत्ता रहेको वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए ।

नेपाली सेना, स्थानीयबासी तथा प्रहरीको सहयोगमा उद्दारकार्य भैरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com