काठमाडौं प्रवेशमा थप कडाइ ,जोखिम विश्लेषण गरेर मात्रै अनुमति


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रवेशको लागि थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर काठमाडौं प्रवेशको लागि काठमााडौंको जुन नगरपालिकामा बसोबास रहेको छ, त्यो नगरपालिकाको सिफारिस लिएर यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसपछि विभिन्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनुपर्नेछ । जोखिम विश्लेषण गरेर मात्रै जिल्ला प्रशासन कार्यालयले अनुमति दिने जनाएको छ ।

काठमाण्डौभित्रको पास रद्द गरिएको छ । काठमाडौं छाड्न चाहनेले पनि व्यक्तिगत अत्यावश्यक कार्यको लागि जिप्रकाबाट पास लिनुपर्ने र संस्थागत काम भएमा संस्थाको पत्र र काम खुलाउनुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com