बढ्यो सुनको मूल्य


प्रकाशित मिति : असार १, २०७७ सोमबार

आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ७ सयमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com