क्वारेन्टाइनमा एक महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ


प्रकाशित मिति : असार १, २०७७ सोमबार

कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि बलात्कार भएको छ । लकडाउनमा भारतबाट आएर गत जेठ २० गतेदेखि स्थानिय क्वारेन्टाइनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् ।

आइतबार दिउँसो पीडित महिलाका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् । उजुरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र सज्जन बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु त्यहाँ स्वयम्सेवकको रुपमा कार्यरत थिए । अभियुक्तहरुले मध्यराति महिलालाई जबरजस्ती सुतेको स्थानबाट बाहिर बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीलाई पिडित महिलाले बताएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com