अर्घाखाँचीमा एकैदिन ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो


प्रकाशित मिति : असार १, २०७७ सोमबार

अर्घाखाँचीमा सोमबार एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका दुई जना पुरुष र पाणिनी गाउँपालिकाकी एक युवतीमा संक्रमण पुष्टी भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । यसअँघी आजै दिउँसो तिन जनामा कोरोना पुष्टि भएको थियो ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भूमिकास्थान नगरपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ४४ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमा भुमिकास्थान- ९ का एक र मालारानी- ४ का एक जना पुरुष रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com