अर्घाखाँचीमा एकैदिन थपिए १५ कोरोना संक्रमित


प्रकाशित मिति : असार २, २०७७ मंगलबार

अर्घाखाँचीमा मंगलबार एकैदिन थप १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका १५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बरालले बताए ।

संक्रमितहरु शितगंगा नगरपालिकाका ७, भुमिकास्थान नगरपालिकाका २, छत्रदेव गाउँपालिकाका २, मालारानी गाउँपालिका ३ र पाणिनी गाउँपालिकाका १ जना रहेका छन । यो संगै अर्घाखाँचीमा संक्रमितको संख्या ५९ पुगेको हो । जसमा दुईजनाको मृत्यु भईसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com