फेरि अड्कियो नागरिकता विधेयक, सहमति जुटाउन ५ दिन थप


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्र बडुले सहमतिका लागि  सभापतिसँग समय थप्न माग गरेका हुन् ।

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापाले पनि राजनीति सहमति जुटाउनका लागि समय मागेको थिए । गृहमन्त्रीले पनि समय मागेपछि समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउनका लागि ५ दिनको समय दिएकी छिन् ।

नागरिकतासम्बन्धी विधेयकमा नेपालीसँग बिहे गरेर आएकी विदेशी महिलालाई नागरिकता दिने अवधिबारे राजनीतिक दलहरुबीच मतान्तर रहेको छ । काँग्रेस तथा मधेस केन्द्रीत दलले २०६३ सालको नागरिकता ऐन अनुसार नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई तत्काल नेपाली नागरिता दिनुपर्नेमा अडान लिएका छन् ।

यस्तै नेकपाले भने विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधानमा अडान लिइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com