काेरोनाबाट मृत्यु भएकी महिलाको नेपाली सेनाबाट सम्मानका साथ शव व्यवस्थापन


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । बुधबार दिउँसो नेपाली सेनाको भैरवप्रसाद गणको विशेष तालिम प्राप्त टोलीले शव व्यवस्थापन गरेको हो ।

नेपाली सेनाको टोलीले सङ्क्रमित महिलाको शवलाई कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पतालबाट प्लाष्टिकमा बेरेर मानखोला नजिकैको जंगलमाशव व्यवस्थापन गरेको हो ।

सङ्क्रमितको शवलाई बोक्न सवारी साधनको समस्या भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफूले प्रयोग गर्ने पिकअप गाडी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

सङ्क्रमित महिलाको शवलाई मानखोलाको जंगलमा जेसीबीबाट  खाडल बनाएर  ब्यावस्थापन गरेको  थियो । गत जेठ ३० गते दिउँसो कोहलपुर शिक्षण अस्पतालको आपतकालिन कक्षमा भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका ६ का ४६ वर्षीया महिलाको सोमबार बेलुका साँढे ६ बजे मृत्यु भएको थियो ।

फोटो : रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com