देशद्रोहको मुद्दाबाट राउतले पाए छुटकारा


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

स्वतन्त्र मधेसको मुद्दा अघि सारेर मुलुक विभाजन गर्ने अभिव्यक्ति दिएको आरोपमा सर्वोच्च अदालतमा दायर मुद्दामासिके राउतले सफाई पाएका छन् ।

हाल जनमत पार्टीका संयोजक रहेका राउतले केही बर्षअघि मुलुकबाट मधेश अलग बनाउने अभिव्यक्ति दिएका थिए । सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले डा. राउतसहित १६ जनालाई सफाइ दिएको हो ।

यसअघि राउतलाई विशेष अदालतले पनि सफाइ दिइसकेको थियो । देश विभाजनको अभिव्यक्ति दिएको भन्दै डा. राउतसँगै १३ जना विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

२०७५ फागुन २४ गते सरकारले डा. राउतसँगसम्झौता गरेको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र डा. राउत नेतृत्वको तत्कालिन स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएको थियो । सो सम्झौतासँगै डा. राउत मूलधारको राजनीतिमा आइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com