प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार भइरहेको दावी


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको दावी गरेको छ ।  जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार दावी गरेको हो ।

हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भन्नुभयो ।

अस्पतालले हाल १०० श्ययाको आइसोलेसन निर्माण गरेर कोरोना सङ्क्रमितको उपचार गरिरहेको  दावी गरेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १२० श्यया पु¥याइएको छ । प्राकृतिक चिकित्सालयमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नका लागि ४५० श्यया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com