क्यान्सरका बिरामी ७० नाघेका वृद्ध दम्पतीले जिते कोरोना


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किनु भएको छ । उहाँ आज शुक्रबार भरतपुरको आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो ।

उहाँसगै भरतपुर अस्पतालमा उपचाररत उहाँकी श्रीमतीसहित शुक्रबार डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले बताउनुभयो ।

उहाँ दुवैजना परिवारसहित भारतमा क्यान्सरको उपचार गराएर नेपाल फर्किनु भएको थियो । छोरा भने यसअघि नै डिस्चार्ज भएर घर गएका थिए। डा. पौडेलका अनुसार उपचारको बीचमा वृद्धमा खोकीको समस्या देखिएको र श्रीमतीमा तीन दिन पखाला लागेको थियो।

हामीले उहाँहरूलाई त्यही अनुसारको औषधि दिएपछि ठिक भयो, उहाले भन्नुभयो । उहाँले क्यान्सरका रोगी समेत यसरी कोरोनालाई जितेर घर फर्किनु ठूलो उपलब्धि रहेको बताउनुभयो ।

सुरुदेखि नै क्यान्सरका रोगी भएकाले वृद्धलाई विशेष निगरानीमा उपचार गरिएको थियो । हामीले उहाँलाई अन्य इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक, सिटामोल र एलर्जीको औषधि चलाएका थियो उहाँले डा. पौडेलले बताउनु भयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com