नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित संख्या ९ हजार २६


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

नेपालमा थप ४२१  जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  थप  १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ७७२ निकाे भएका छन् ।

रेड जाेनमा ५०५  जना पुगेकाे छ । आज २ जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा छहजार ८ जनाकाे नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे ।

उपत्यकाकाे ललितपुरमा एकजना महिला सङ्क्रमित भएका छन् । गुल्मीका एक पुरूषकाे मृत्यु भएकाे छ । असार ५ गते घरमै मृत्यु भएकाे हाे । उहाँकाे स्वाब परीक्षणमा काेराेना पाइएकाे हाे । याेसँगै २३ जनाकाे मृत्यु भएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com