नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ९५६१ पुग्यो
प्रकाशित मिति : असार ८, २०७७ सोमबार
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९ हजार ५सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित मिडिया ब्रिफिङमा हालसम्म कुल संक्रमितको संख्या नाै हजार पाँच सय ६१ पुगेको जानकारी दिए ।
यसैगरी ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेकाे उहाँले जानकारी दिनुभयो ।