राखेपका पूर्वसदस्य सचिव राजबहादुर सिंहकाे निधन


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ । सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा छाउनीस्थित निवासमा निधन भएको हो ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । सिंह राखेपको सातौं सदस्य सचिव हुन् । सिंहले २०४८ देखि २०५० सम्म सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com