सलह कीराको हुल काठमाडौं उपत्यकामा पनि आइपुग्यो
प्रकाशित मिति : असार १६, २०७७ मंगलबार
मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न पहाडी जिल्ला हुँदै काठमाडौं उपत्यकामा पनि प्रवेश गरेको छ ।
आज अपरान्ह काठमाडौं प्रवेश गरेको सलह एकाएक पहिला काठमाडौंको असनको आकाशमा देखिएको थियो ।
सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन् ।
तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ ।