बिना निष्कर्ष टुङ्गियो बालुवाटारको छलफल, भोलि पुनः बस्ने


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । दुई अध्यक्षका अतिरिक्त महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी छलफल बिना निष्कर्ष टुङ्गिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

‘दुई अध्यक्षले तिक्तता विस्तारपूर्वक राख्‍ने काम भयो । तर, ठोस निष्कर्ष निस्कन सकेको छैन ।’ नेकपा निकट स्रोतले भन्यो । भोलि स्थायी कमिटी बैठक बस्नुभन्दा अगाडि पनि दुई अध्यक्षबीच छलफल हुनेगरी बैठक सकिएको बताइएको छ । तर, झन्डै चार घण्टा भएको बैठकले सम्बन्धलाई हार्दिकतामा बदल्ने कोसिस गरेको पनि स्रोतले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com