चट्याङ लागेर आठ वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

बाजुराको बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिएका छन् ।

अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com