नयाँ २३२ जना सङ्क्रमित थपिए, नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ हजार ४९१
प्रकाशित मिति : असार २०, २०७७ शनिबार
नेपालमा कोरोनाभाइरसका दुई सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ बिरामी थपिएका छन् ।
यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको संख्या १५ हजार २५९ रहेको थियो ।
हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोशनमा छन् ।