गुल्मीमा पहिरोले पुरिएर वृद्धको ज्यान गयो
प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार
गुल्मीमा पहिरोमा पुरिएर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदार पन्तले जानकारी दिए ।
शुक्रवार बिहान घर नजिकै खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथीबाट खसेको पहिरोमा पुरिएर घटना स्थमै मृत्यु भएको थियो । श्रीमान श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।
शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको प्रहरी नायव उपरिक्षक पन्तले जानकारी दिए ।