भ्रामक सामग्रीप्रति सबै संवेदनशील हुनुपर्छः सञ्चार मन्त्रालय


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमले नेपालबारे प्रस्तुत गरेका भ्रामक सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुनुपर्ने जनाएको छ ।

“आमसञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रसारण गर्दा सत्य, तथ्य र वस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ । कुनै पनि सञ्चारमाध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको छ”, मन्त्रालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com