फेरि क्वारेन्टीनभित्र एक जनाको मृत्यु,स्वाब परीक्षण हुँदै
प्रकाशित मिति : असार २७, २०७७ शनिबार
तनहुँको भानु नपा–२ स्थित शारदा कलेजको क्वारेन्टीनमा रहेका एक व्यक्तिको शनिबार विहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आएका सोही नपाको वडा नम्बर ५ मैवलका ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिबार विहान पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनु भयो ।
उनमा कोरोना सङ्क्रमण भए/नभएको पुष्टि गर्न स्वाब परीक्षणको तयारी भएको प्रजिअ अधिकारीले बताउनुभयो । शनिबार विहान एक्कासी बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको भानु नपाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।
क्वारेन्टीनमा रहँदा नै उनमा उच्च रक्तचाप, प्यारालासिस र मधुमेहको समस्या देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनुभयो ।