कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परीक्षणको अनुमति दिएको हो ।

प्रयोगशालाका अनुसार उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल), लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियर र सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताललाई अनुमति दिइएको छ । यस्तै, बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पनि परीक्षण गर्न अनुमति पाएका छन् । यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् ।

अहिले देशभर २५ वटा प्रयोगशालामा कोरोना परिक्षण हुँदै आएको छ । सरकारले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परिक्षण दायरा बढाउन लागेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com