नेपालमा कोरोना सङ्क्रमित संख्या १७ हजार ६१ पुग्यो : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना बिरामी छन् । आईसोलेशनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको संख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या छ हजार ६१३ जना रहेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com