नेपालमा तीन साताकै कम संक्रमित


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

नेपालमा कोभिड–१९ बाट थप ५८ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा  ५८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नयाँ बिरामी थपिएसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ५०२ जना पुगेको जानकारी दिएको छ । जसमध्ये पाँच हजार ८२५ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३३१ जना कोरोना आशङ्कित जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा १०३ जना बिरामी निको भएर घर फर्केका छन् ।

यससँगै नेपालमा ११ हजार ६३७ जना सङ्क्रमिते कोरोनाभाइरस जितेर घर फर्केका छन् । मन्त्रालयका अनुसार हाल २३ हजार २७५ जना क्वारेन्टाइनमा छन् । कोभिड–१९ बाट सङ्क्रमित पाँच हजार ८२५ जना आइसोलेशनमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com