टिचिङ अस्पतालको बैंक खाताबाट साढे १६ करोड गायब


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com