केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा मिसिन आइपुग्ने र उच्च जोखिम हुने छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चीनको न्यालम क्षेत्रमा अत्याधिक बर्षा भईरहेकोले उक्त तात भरिन गई फुट्न सक्ने चीनका समकक्षीका दोभाषेमार्फत जानकारी भएकोले भोटेकोशी गाउँपालिका, बाह्बिसे नगरपालिका, सुनकोशी गाउँपालिका लगायत भोटेकोशी र सुनकोशी नदीमा आसपास रहेकालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको जानकारी दिनुभएको छ ।

उक्त ताल फुटेमा भोटेकोशी नदीमा पानीको बाहव अत्याधिक बढने र ठूलो रुपमा धनजनको क्षति हुन सक्ने भएकोले नदी आसपासमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा गएर बस्न र सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ । उक्त ताल फुटेमा तातोपानी, बाह्बिसे, लामोसाँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटे, लगायतका नदी आसपास नजिक बसोबास गर्नेहरु खतरामा पर्ने छन् । सो पोखरी फुटेमा दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्ला समेतलाई असर गर्ने छ ।

खाशामा रहेको ताल फुट्ने त्रासले राती नै सुरक्षित स्थानमा जान लागेको खाडीचौरका स्थानीय सुरेन्द्र नेपालले पीडा ब्यक्त गर्नु भएको छ । प्रहरीले बेलुकी ६ बजेबाट नै नदी आसपास बस्नेहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा गएर बस्न सचेत गराई रहेको छ । प्रजिअ ढकालका अनुसार चीनले नेपाल सीमानामा पर्ने मितेरीपुल देखि खाशासम्म आपनो क्षेत्रका स्थानीयलाई अन्यत्र सारेको जानकारी आएको बताउनु भयो । जिल्ला बिपद ब्यबस्थापन समितिले पनि नदी आसपास बस्नेहरुलाई सुरक्षित स्थानमा जान निरन्तर बताईरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com