काठमाडौँमा पनि बाढीको खतरा : बाढी पूर्वानुमान महाशाखा


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

आज पनि देशभर मनसुन सक्रिय रहेका कारण वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तह माथि हुने र नवलपरासीको सुस्ता र आसपास डुबानको जोखिम रहेको जनाएको छ ।

त्यस्तै, कोशीमा जलस्तर खतरा नजिक हुने, कन्काई, कमला, तिनाउ र पूर्वी राप्तीमा सतर्कता आसपास हुने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । काठमाडौँ उपत्यकामा बागमती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com