नेपालमा काल बन्दै मनसुन !


प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार

केही दिनेदेखिको अविरल वर्षाका कारण देशभर ठूलो संख्यामा मानवीय क्षति भएको छ ।  मनसुन सुरु भएसगै बाढि पहिरोले सायौको अकालमै ज्यान लिएको छ । बाढीपहिरोको कारण ४ महिनामा मात्र १ सय १८ जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता छन भने ९० जना घाइते अवस्थाामा छन । यस्तै बाढि पहिरोको कारण कारोडौको क्षति भएको छ । पिडीतहरु घरबास उजाडिएको छ ।

नेपालको भौगोलिक बनावटकै कारण बर्षेनी बाढि पहिरोको कारण सयौंको अकालमै ज्यान जाने गरेको छ । प्राकृतिक एवं मानवीय क्रियाकलापको कारण पनि प्रकृतिक प्रकोपका घटनाहरु निरन्तर बढिरहेका छन । नेपालमा मनसुन सुरु भएसंगै धेरै स्थानमा बाढी, पहिरोको जोखिम वर्षेनी बढ्दै गएको छ । जसलाई न्युनिकरणको लागि ठोस कार्यदिशाको साथै पुर्वतयारी गर्न नसक्दा प्राकृतिक बिपद्ले धेरै धनजनको क्षति गराउने गरेको छ ।

मनसुन सुरु भएसंगै देशैभरका नदीमा बहाव बढ्नेक्रम सुरु भएको छ । देशका नदिहरु कन्काई, कोशी, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव उल्लेखिय बृद्धि भइरहेको छ । नारायणि बाढि नदीमा बहाव बढेसंगै उच्च सर्तकता अपनाउन जल तथा मौसम बिज्ञानले अनुरोध गरेको छ । आगामी ५ दिनसम्म वर्षाको मात्र बढ्ने भएकोले सजक हुने आवश्यक देखिएको छ ।

पछिल्लो केही दिन यता अविरल वर्षा हुने मौसम बिभागले बताइरहेको छ । जसको कारण कारण देशका विभिन्न ठाउमा बाढी, पहिरो र डुबान समेत पर्न सक्ने देखिन्छ । २०७७ बैशाख यता मात्र पहिरोका कारण ११३ जनाले ज्यान गुमाएका छन भने ४३ जना बेपत्ता छन । ८७ जना घाइेत भएको छ । यस्तै बाढिको कारण पनि ६ को मृत्यु र ६ जना बेपत्ता भएको छन भने ३ जना घाइते भएका छन । यसले के देखाउछ भने यसरी बाढि पहिरोको कारण सयौको ज्यान जानुको पछाडी विपद् जोखिम न्यूनीकरणमा ध्यान नै नदिनु देखिन्छ ।

पहिरो र बाढी डुबानको पूर्वतयारी एवं आवश्यक जागरण, सचेतनासमेत दिन नसक्दा वर्षेनी ठुलो परिणाममा धनजनको क्षति हुने गरेको छ । यद्यपी गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति संघ, प्रदेश र स्थानिय तहसम्म विभिन्न समिती रहेको र सम्भावित विपतको अध्ययन गर्दै पूर्वतयारीको काम गरिरहेको बताएको छ ।

अहिले पनि भौगोलिक बिकटताको कारण प्रकोप हुने बित्तिकै उद्धार तथा राहत समेत पुग्न सक्ने अवस्था छैन । पछिल्लो ४ महिनाको समयलँई हेर्ने हो भने बाढिबाट भन्दा पहिरोको कारण धेरैको ज्यान गएको छ । बाढिको लागि पुर्वसुचनाकै कारण धेरै कम देखिन्छ भने पहिरो सम्बधी अध्ययन नहुदा पहिरोले ज्यान गुमाउनेहरु बढिरहेका छन । यस्तै प्रकोपबाट बाचेकाहरु समेत भगवान भरोमा बस्न बाध्य हुने गरेका छन।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com