उपत्यकामा थप ९ सहित १४७ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ । नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जाेनमा ५३० रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा सङ्क्रमित हुनेका दर घटिरहेको छ । असार १० गते सङ्क्रमित हुनेका दर ९.२ रहेकोमा साउन ७ गते २.०६ प्रतिशत र बिहीबार ४.२ प्रतिशत रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा २ नयाँ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ५ र भक्तपुरमा २ जना सङ्क्रमित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com