ज्यान गुमाएकी ८५ वर्षीया बृद्धामा कोरोना पुष्टि


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

वीरगञ्जको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार बिहान करिब ११ बजे ज्यान गुमाएकी एक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारकै क्रममा ज्यान गुमाएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ की ८५ वर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुटु रोगले ग्रसित उक्त बृद्धाको वीरगञ्जस्थित एडभान्स मेडिकेयर अस्पतालमा उपचार भइरहेको थियो । तर, फोक्सोमा समस्या आएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा रिफर गरिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा उक्त बृद्धाको मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए । मृतक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको पनि डा. सिंहले नै जानकारी दिएका हुन् ।

एडभान्स मेडिकेयर अस्पतालमा उपचार भइरहेकोमा स्वास प्रस्वासमा समस्या आएपछि कोरोना अस्पतालमा रेफर गरिएको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त बृद्धाको दाहिने फोक्सोमा निमोनियाको समस्या थियो । मृतक महिलाको शव ब्यावस्थापन गर्नका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com