कालीकोटमा पहिरोले पुरिँदा ९ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार
पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ ।