तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपाध्यायलाई शुक्रबार राति काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायसँगबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ । अख्तियारको टोलीले शुक्रबार बुटवलदेखि पिछा गरेर नागढुंगामा आएर पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com