कोरोना नियन्त्रणका लागि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञको सुझाव


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

नेपालमा लकडाउन खुलेसँगै कोभिड–१९ का संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँगै छलफल गरेका गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै सरकारलाई फेरि लकडाउन गर्न सुझाव दिएका छन् । विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागिता रहेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी भएका हुनुहन्थो । छलफलमा सहभागी एक नेताका अनुसार विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताउनुभयो ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले बैठकमा सहभागि एक नेताले जानकारी दिनुभयो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतले सुझाब दिएका दिनुभएको छ । । बैठकमा सहभागिहरुले सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com