पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

नेपालमा कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार नाै  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २६ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणबाट  ५८ जनाको मृत्यु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com