बदनियतपूर्वक महाअभियोगको प्रस्तावः एमाले
प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार
एमलेको पार्टीको घोषणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको हो।
एमालेले सरकारलाई भोलिसम्म महाअभियोग प्रस्ताव फिर्ता लिन चेतावनी दिएको छ ।