फ्रान्स युरोपेली संघबाट बाहिरिने सम्भावना …


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

आज श्रमिक दिवसको अवसरमा केही समय पछि जुलुस आयोजना गर्ने फ्रान्सको राष्ट्रपतीय निर्वाचनका मध्यमार्गी उम्मेदवार एम्यानुएल म्याक्रोंले यो भन्दा अघि युरोपेली संघ सुधारिनुपर्ने, नत्र फ्रान्स युरोपेली संघबाट बाहिरिने सम्भावना रहने बताएका छन् ।

फ्रान्सको राष्ट्रपतीय निर्वाचनकी अति दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनले युरोपेली संघबाट फ्रान्सको सीमाना फिर्ता लिने र आप्रवपास घटाउने वाचा गरेपछिउनले ग्रामीण र भूतपुर्व औद्योगिक क्षेत्रमा समर्थन त पाएकी छिन् तर उनको यो अभिब्यक्तिले युरोपेली संघ सँगको सम्बन्धलाई चिसो बनाउने निश्चित छ ।
अझ ल पेनले त युरोपेली संघ विरोधी धारणाको फाइदा उठाएकी छिन् र फ्रान्सको सदस्यता सम्बन्धी जनमतसंग्रह गराउने वाचा नै गरेकी छिन्।

राष्ट्रपतीय निर्वाचनका प्रमुख प्रतिस्पर्धि यी दुई वटै उम्मेदवारहरुले समर्थन जुटाउनका लागि युरोपेली संघलाई प्रमुख एजेन्डा बनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com