भोलिदेखि आवेदन दिनेहरुलाई अमेरिकी नागरिकताको परीक्षा प्रणाली परिवर्तन, धेरै र कठिन प्रश्न


प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार

भोलि डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गरेको छ ।

डिसेम्बर १ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै प्रश्नहरु र परीक्षा प्रणाली कायम रहनेछ । तर त्यसपछि आवेदन दिनेहरुका लागि भने प्रश्नावली र परीक्षा प्रणाली परिवर्तन गरिएको छ । नयाँ प्रणाली अझ कठिन हुने भएको छ । अर्थात् अहिलेको तुलनामा अमेरिकी नागरिकता प्राप्त गर्न अझ कठिन हुनसक्छ ।

पूरानो प्रणाली अन्तरगत अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ । तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिनेछ, त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्नेछ । विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा अब ती प्रश्नको संख्या पनि बढाइएको छ ।

उत्तिर्ण हुनका लागि आवश्वक पर्ने ६० प्रतिशत स्कोरमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै ६५ बर्ष काटेका वा २० बर्षभन्दा लामोसमय अमेरिकामा ग्रिनकार्डमा रहेकाहरुका सन्दर्भमा भने १० वटामात्रै प्रश्नहरु सोधिनेछ, उनीहरुले ६ वटा प्रश्नको मात्र सही जवाफ दिएमा अमेरिकी नागरिकताको परीक्षा उत्तिर्ण गर्नेछन् ।

एकसयवटामात्र प्रश्नहरु रहेकोमा अब २८ वटा थपेर १२८ वटा प्रश्नहरु बनाइएको छ । पूरानो प्रणाली अन्तरगत आवेदकले ६ वटा प्रश्न मिलाएको खण्डमा बाँकी प्रश्नहरु युएससीआईएस अधिकारीले सोध्दैनन् तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा सबै २० वटा प्रश्नहरु सोध्नेछन् ।

युएससीआईएसले १२ बर्षपछि प्रश्न प्रणालीमा परिवर्तन गरेको हो । यसअगाडि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालको अन्तिम बर्ष सन् २००८ मा प्रश्न प्रणाली परिवर्तन गरिएको थियो भने अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम बर्षमा परिवर्तन गरिएको छ । सन् २०१८ देखि नै परिवर्तनका लागि नीतिगत काम सुरु भएकोमा गत जुलाई र अगस्तमा प्रश्नहरु तय गरिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले गत जुलाईमा नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरेको थियो ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

आवेदकले ध्यान दिनुपर्ने ३ कुरा

कैयन प्रश्नहरु किनका रुपमा सोधिएका छन् । अमेरिकी सिनेटरहरुको तुलनामा प्रतिनिधिसभा सदस्यको कार्यकाल किन छोटो हुन्छ ? किन स्वतन्त्रताको घोषणापत्र महत्वपूर्ण छ ? किन हरेक राज्यमा २ वटा सिनेटरको संख्या छ ? जस्ता कैयन प्रश्नहरु थपिएका छन् ।

त्यस्तै किन अमेरिकी राष्ट्रपतिले दुईकार्यकालमात्र काम गर्न पाउँछन् ? किन इलेक्टोरल कलेज महत्वपूर्ण छ ? सर्बोच्च अदालतका न्यायाधिसले किन आजिवन काम गर्छन् ? किन अमेरिका प्रथम विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका दोश्रो विश्वयुद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका भियतानी युद्धमा प्रवेश गरेको थियो ? किन अमेरिका पर्सियन गल्फ युद्धमा प्रवेश गरेको थियो ? लगायतका कैयन प्रश्नहरु समेत रहेका छन् ।

सबै १२८ प्रश्नहरु र ती प्रश्नको जवाफ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

डिसेम्बर १ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै प्रश्नहरु र परीक्षा प्रणाली कायम रहनेछ । तर त्यसपछि आवेदन दिनेहरुका लागि भने प्रश्नावली र परीक्षा प्रणाली परिवर्तन हुने जनाइएको छ । वर्तमान परीक्षा प्रणालीको तुलनामा नयाँ प्रणाली अझ कठिन हुने भएको छ । अर्थात् अहिलेको तुलनामा अमेरिकी नागरिकता प्राप्त गर्न अझ कठिन हुनसक्छ ।

२० प्रश्नमध्ये १२ को सही जवाफ दिनुपर्ने

अहिले अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ । तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिनेछ, त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्नेछ । अहिले विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा अब ती प्रश्नको संख्या पनि बढाइने भएको छ ।

उत्तिर्ण हुनका लागि आवश्वक पर्ने ६० प्रतिशत स्कोरमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै ६५ बर्ष काटेका वा २० बर्षभन्दा लामोसमय अमेरिकामा ग्रिनकार्डमा रहेकाहरुका सन्दर्भमा भने १० वटामात्रै प्रश्नहरु सोधिनेछ, उनीहरुले ६ वटा प्रश्नको मात्र सही जवाफ दिएमा अमेरिकी नागरिकताको परीक्षा उत्तिर्ण गर्नेछन् ।

यसैबीच युएससीआईएसले आफ्नो नीति निर्देशिकामा पनि अपडेट गरेको छ । अहिलेसम्म एकसयवटामात्र प्रश्नहरु रहेकोमा अब २८ वटा थपेर १२८ वटा प्रश्नहरु बनाइएको छ । अहिलेसम्म आवेदकले ६ वटा प्रश्न मिलाएको खण्डमा बाँकी प्रश्नहरु युएससीआईएस अधिकारीले सोध्दैनन् तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा सबै २० वटा प्रश्नहरु सोध्नेछन् ।

युएससीआईएसले १२ बर्षपछि प्रश्न प्रणालीमा परिवर्तन गरेको हो । यसअगाडि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालको अन्तिम बर्ष सन् २००८ मा प्रश्न प्रणाली परिवर्तन गरिएको थियो भने अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम बर्षमा परिवर्तन गरिदैछ । सन् २०१८ देखि नै परिवर्तनका लागि नीतिगत काम सुरु भएकोमा गत जुलाई र अगस्तमा प्रश्नहरु तय गरिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले गत जुलाईमा नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरेको थियो ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँगे्रजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

डिसेम्बर १ अगाडिका आवेदकले परीक्षा उत्तिर्ण गर्न नसकेमा ?

आवेदकलाई परीक्षा उत्तिर्ण गर्नका लागि दुईवटा मौका दिइनेछ । पहिलो अन्तरवार्तामा बोल्ने, लेख्ने, पढ्ने र प्रश्नहरुको जवाफ दिनेमध्ये कुनै एउटामा उत्तिर्ण नभएको खण्डमा त्यही भागको मात्र अर्कोपटक परीक्षा लिइन्छ ।

उदाहरणका लागि डिसेम्बर १ अगाडिका आवेदकका सन्दर्भमा सोधिएका १० मध्येको ६ प्रश्नको जवाफ दिन नसकेको खण्डमा र डिसेम्बर १ पछाडिका आवेदकका सन्दर्भमा सोधिएका २० मध्ये १२ प्रश्नको जवाफ दिन नसकेको खण्डमा त्यसका लागि पुन परीक्षा लिइनेछ । यदि प्रश्नको जवाफ दिएको छ तर बोल्ने, लेख्ने र पढ्नेमा अनुत्तिर्ण भएको छ भने जे मा अनुत्तिर्ण भएको हो, त्यसकोमात्र पुन परीक्षा लिइनेछ ।

युएससीआईएसका अधिकारीले अन्तरवार्तामा भएको कुराकानीको आधारमा बोल्ने क्षमताको निर्धारण गर्नेछन् । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग पढेमा पढ्ने परीक्षा उत्तिर्ण गर्न सकिन्छ । अधिकारीले दिएका तीनवटामध्ये एउटा बाक्य राम्रोसँग लेखेमा लेख्ने परीक्षा उत्तिर्ण गरिन्छ ।

अन्तरवार्ताका क्रममा कुनै भागमा अनुत्तिर्ण भएमा ६० देखि ९० दिनभित्र अर्को परीक्षाको मिति तय गरिन्छ । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि उक्त परीक्षामा उत्तिर्ण हुन आवश्यक छ ।

डिसेम्बर १ अगाडिका आवेदकका सन्दर्भमा पहिलो अन्तरवार्तामा १ सयमध्येबाट १० वटा प्रश्न सोधिन्छ । त्यसमा ६ वटा प्रश्नको जवाफ मिलाउन नसकेको खण्डमा दोश्रो अप्वाइन्टमेन्ट दिएर परीक्षाको मौका दिइन्छ । दोश्रो परीक्षामा पनि १ सयमध्येबाट १० वटा प्रश्न सोधिन्छ । अर्थात् दोश्रो पटकपनि सन् २००८ कै प्रश्नावलीबाट सोधिनेछ ।

सन् २०२० को भर्सनबाट प्रश्न सोधिएका डिसेम्बर १ पछिका आवेदकलाई पहिलोपटक अनुत्तिर्ण भएमा दोश्रो पटक पनि सन् २०२० कै भर्सनबाट १२८ मध्ये २० प्रश्न सोधिनेछ । १२ को सही जवाफ दिनुपर्नेछ ।

६५ बर्ष नाघेका वा २० बर्षबढी ग्रिनकार्डमा रहेकाहरुलाई

डिसेम्बर १ पछि नागरिकताको आवेदन दिने ६५ बर्ष नाघेकाहरु वा २० बर्षबढी ग्रिनकार्डमा रहेकाहरुलाई भने केही सहुलियत रहेको छ । उनीहरुले सबै १२८ वटै प्रश्नहरु पढ्न जरुरी छैन । एस्ट्रीक चिन्ह लगाएका २० वटा प्रश्नहरुमात्र याद गरे पुग्छ ।

एस्ट्रीक चिन्ह लगाएका २० वटा प्रश्नहरु थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

ती २० वटा प्रश्नहरुबाट अन्तरवार्ताका बेलामा जम्मा १० वटा प्रश्नहरु सोधिनेछ । त्यसमध्ये ६ वटा प्रश्नको सही जवाफ दिनुपर्नेछ ।

डिसेम्बर १ अगाडि आवेदन दिएका ६५ बर्ष नाघेका वा २० बर्षभन्दा बढी ग्रिनकार्डमा रहेकाहरुले पढ्नुपर्ने २० प्रश्न

डिसेम्बर १ अगाडि आवेदन दिएका अन्य सबैले पढनुपर्ने एकसय प्रश्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com