अमेरिकामा अस्थायी कामदार पठाउन सक्ने योग्य देशको सुची प्रकाशित, नेपालीको केस अनुशार
प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार
❒ जनवरी १९ देखि लागु हुनेगरी एच टु ए र एच टु बी कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुन योग्य देशको सुची प्रकाशित
❒ हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
अमेरिकाले अस्थायी कृषि कामदार एच टु ए र अस्थायी गैर कृषि कामदार एच टु बी पठाउन योग्य देशहरुको सुची प्रकाशित गरेको छ । जसमा नेपाललाई भने समावेश गरिएको छ । जनवरी १९ देखि लागु हुनेगरी एच टु ए र एच टु बी कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुन योग्य देशको सुची प्रकाशित गरिएको हो । यो सुची फेडरल रजिष्टरमा जनवरी १३ बुधबार प्रकाशित गरिने भएको छ ।
२०२१ को लागि फिलिपिन्सलाई एच टु बी कार्यक्रमका लागि थप गरिएको छ । सामोआ र टोंगा लगायतका देशलाई एच टु ए र एच टु बी कार्यक्रमबाट हटाइएको छ । मंगोलियालाई एच टु ए कार्यक्रमबाट हटाइएको छ । मापदण्डहरुको पालना नगरेको भन्दै उनीहरुलाई कार्यक्रमबाट हटाइएको हो ।
केही देशहरु अस्थायी कृषि कामदारमात्र पठाउन योग्य हुनेछन् भने केही देशहरु अस्थायी गैर कृषि कामदारमात्र पठाउन योग्य हुनेछन् । केही देशहरु दुबै प्रकारका कामदार पठाउन योग्य हुनेछन् ।
कृषि कामदारहरु पठाउनसक्ने सुचीमा नेपाललाई समावेश गरिएको छैन । कृषि बाहेकका अन्य अस्थायी कामका लागि एच टु बी भिसामा कामदार पठाउनका लागि योग्य देशको पनि नेपाल समावेश छैन ।
अमेरिकी सरकारले अमेरिकामा अस्थायी कामदारका लागि योग्य हुने देशको सुची बेलाबेला अद्यावधिक गर्दै आएको छ । जसमा कुन देशलाई हटाउने र कुन देशलाई थप्ने भन्ने अधिकार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष रहन्छ ।
सामान्यतया अमेरिकी सरकारले यो भिसाका लागि सुचीमा रहेका देशका नागरिककोमात्र भिसा आवेदन स्वीकृत गर्छ । तर हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत यी भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने जनाएको छ ।
यो आधारमा हेर्दा नेपालीहरुले समेत यो भिसाका लागि आवेदन दिन पाउने देखिएको छ । तर नेपालीहरु स्वत योग्य हुने नभई आवेदन अनुशार युएससीआईएसले निर्णय दिनेछ ।
आर्थिक बर्ष २०२० मा ५१७ जना नेपालीहरुले एच श्रेणीको कामदार भिसा प्राप्त गरेका थिए । अघिल्लो बर्ष २०१९ मा एच श्रेणीको भिसा पाउने नेपालीहरु ६४१ जना रहेका थिए ।